५ सय ३७ किलो गाँजासहित सुनसरीबाट एक जना पक्राउ
सारांश
- सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो ।
- गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
२० असोज, विराटनगर ।
सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको

अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया