२३ माघ २०८२, बिहीबार

नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार

१९ असोज, इलाम ।

बाढी पहिरोको जोखिम परेकाहरुलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो । माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पु¥याएको हुंदा खोज तथा उद्धार कार्यको लागि अशोज १९ गते २१ नम्बर वाहिनी अड्डा र अन्तर्गतका युनिटहरुबाट खटिएको फौजले उद्धारमा सक्रियता देखाएको हो ।

सेनाले माङसेबुङ–१ पातीगाउँबाट गम्भिर घाइते दुई जना (पुरुष एक र गर्भवती महिला एक) लाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी थप उपचारको लागि धरान एवम इटहरी लगेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?