सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
९ पुस, सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बस तोडफोड र आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । सो बस बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान सवा आठ बजे ठोक्किँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राईको मृत्यु भएको थियो । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिएका छन । सो घटनापछि स्थानीयले बसमा आगो लगाइदिएका थिए । बसमा आगो लगाइदिएपछि केहीबेर बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले अहिले भने यातायातका साधन सन्चालन भइरहेको जानकारी दिएका छन ।