पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
२२ पटक हेरिएको
Shares
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध

सारांश

  • लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो ।
  • मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

१८ असोज, हेटौंडा ।

लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो । मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार काठमाडौं हिँडेका सवारी साधनलाई कलङ्की र सिमखोला आसपासका क्षेत्रमा रोकिएको छ । यात्रुहरूलाई तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्र गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए ।

यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ । प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ । प्रशासनका अनुसार लगातारको वर्षा जारी रहेकाले अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम उच्च रहेको छ ।

सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा यात्रुहरू मारमा परेका छन्। यातायात बन्द हुँदा दैनिक जीवन प्रभावित भएको छ भने आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने देखिएको छ । अधिकारीहरूले मौसम सुधार भएसँगै पहिरो हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार