दुई सय ६० जनाको वीरगञ्ज नाकाबाट उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
दुई सय ६० जनाको वीरगञ्ज नाकाबाट उद्धार

सारांश

  • वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ ।
  • माइती नेपालले दुई सय ५७  महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
  •  उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।

८ पुस, वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ ।

माइती नेपालले दुई सय ५७  महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८  मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् । वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम
अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद
अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा