प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार

सारांश

  • सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।
  • प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ ।

११ असोज, काठमाडौँ।

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ । घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । घाइतेको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ । पुनः जाँच (फलो–अप) मा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र सोको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्यसरी तोकिएका एम्बुलेन्समार्फत घाइतेले परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्न सक्नेछन् । गत भदौ २३ र २४ गते धेरै जना घाइते भएका थिए । घाइतेमध्ये अझै केहीको विभिन्न अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर