Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
४७ पटक हेरिएको
Shares
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।
  • शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए ।
  • उनले भने, ‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो ।

११ असोज, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् । शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए ।

उनले भने, ‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो । यसकै लागि लडेको हो । हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरुको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरुलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने कुराको चिन्ता छ ।’ यस्तै, उनले ट्रमा सेन्टरमा दुईजना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सन्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए । साथै, हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
आज देशका अधिकांस भागमा मौसम सफा रहने
आज देशका अधिकांस भागमा मौसम सफा रहने
प्रधानमन्त्रीले फिर्ता लिए आफैले गरेको चिकित्सा शिक्षा आयोग निर्णय
प्रधानमन्त्रीले फिर्ता लिए आफैले गरेको चिकित्सा शिक्षा आयोग निर्णय
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न