सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
  • साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याए ।
  • ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,’ प्रचण्डले भने ।

१० असोज, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याए । ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,’ प्रचण्डले भने ।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव  पठाउन निर्देशन समेत दिए । बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि
इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
१ वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोसी टप्पु
१ वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोसी टप्पु
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण