११ चैत्र २०८२, बुधबार

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

८ असोज, काभ्रेपलाञ्चोक।

सिन्धुपाल्चोकको बलेफी गाउपालिका-१ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् । सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् ।

उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए । सडकमाथि भिरबाट लेदो सहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४:४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ । जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्‍ने भन्‍दै खोजी सुरु भएको प्रहरीले जनाएको छ । खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?