बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
८ असोज, बैतडी
गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६० जना कैदी कारागार फर्किसकेका छन् । २४ गते राति साढे ९ बजेतिर कारागार तोडफोड गरेर भागेका ६२ जना कैदीमध्ये आज (सोमबार) दुई जना बाहेकका ६० जना कैदी फर्किसकेको बैतडी कारागार प्रमुख, धारा भण्डारीले बताए । फर्किन बाँकी रहेका दुई जना कैदीबन्दीको खोजी कार्य भइरहेको उनले बताए । फर्किन बाँकी कैदीमा एक जना सवारी अंगभंग र एक जना जबरजस्ती करणी मुद्दाका रहेका छन् ।

बैतडी कारागारको सम्पर्कमा बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदी सम्पर्कमा आएका थिए । चार जनामध्ये दुई जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए । जसमध्ये दार्चुला र कञ्चनपुरका कैदीलाई उतै पठाइसकेको र मकवनपुरका कैदीलाई बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताए ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment