दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक

सारांश

  • ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।
  • ’ ‘चल चल गे  डैनि कदम तर, तोहर बेटा के खैबौ बरहम तर’ ‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’ यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ ।
  • बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ ।

 ८ आसोज, सर्लाही ।

‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे,
बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।’
‘चल चल गे  डैनि कदम तर, तोहर बेटा के खैबौ बरहम तर’
‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’

यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ । बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिला क्षेत्रमा झिझिया नृत्यको रौनक छाएको हो । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रूपमा झिझिया नृत्य महोत्तरी लगायत मिथिलाञ्चलभरि नाच्ने गरिएको जलेश्वर नगरपालिका नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकको भनाइ छ ।

उक्त नृत्यमा पूर्ण रूपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म गरिने देवी दुर्गा स्तुति दर्शाइन्छ । झिझियाको उद्देश्य समाजमा रहेका नकारात्मकबाट सन्तानको सुरक्षा गर्नु रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राय बताउछन् ।आफ्ना शाखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको जलेश्वर–८ का पण्डित अनिल पाठकको भनाइ छ ।

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्ने  मलंगवा -६  की महिला  सिला देवीको भनाइ छ । मिथिलामा झिझिया नृत्युको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्र नभई सहरमा समेत प्रचलनमा छ । वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ । चार–पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधवैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । टाउकोमाथि राखिएको घैटोँ र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । राजु यादब सबिको साथ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति