मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
८ असोज, जनकपुर ।
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।

नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment