ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
६ असोज, काठमाडौं ।
७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको प्रहरीले बताएको छ ।



Post Comment