पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् ।
  • बिहीवार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।
  • विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् ।

बिहीवार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएको थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर बिरोध भइरहेको छ । बिरोध प्रदर्शनमा बोल्दै  नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गइ अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए । उनले भने, ‘देशको बहालवाला मन्त्रीले एउटा कुनै समुदायमा गएर समग्र अरु समुदायलाई निन्दा गरी एउटा समुदायलाई उचालेर जुन अपमानजनक अभिव्यक्ति दिनुभयो, उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर बिरोध गरेका हौँ ।’

उनले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ । उनले भने, ‘जसले क्रिश्चियनलाई स्वीकार्दैन, उनीहरु सबै जेल जान योग्य छन्, संविधान बिरोधी हुन् भनेर जुन बोल्नुभयो, नेपालमा सबै क्रिश्चियन बिरोधी त छैनन्, क्रिश्चियन नबन्नेजति देशद्रोही हुन् भन्नेकुरा के बुझेर भन्नुभयो । सामाजिक सद्भाव बिगार्ने काम गर्नुभयो । ‘ उनले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताए ।   ‘ धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरुमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्छ ।’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधवारमात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । अहिले सो नियुक्ति पनि विवादित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
काठमाडौंमा पानी ल्याउन मेलम्ची पुगे खानेपानी मन्त्री
काठमाडौंमा पानी ल्याउन मेलम्ची पुगे खानेपानी मन्त्री
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे
उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे