उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ । नेपाली सेनाको सहजिकरणमा जेनजीसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
सारांश
- २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ ।
- सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
- ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’, ती अधिकारीले भने ।
५ असोज, काठमाडौं ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ ।सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’, ती अधिकारीले भने ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया