संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा

सारांश

  • बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन् ।
  • संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
  • उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो ।

३ असोज, मकवानपुर ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो । गल्तीहरू बारम्बार दोहो¥याउनु मूर्खता सिवाय केही होइन ।’ प्रदेश प्रमुख देवकोटाले जनताको बलिदानबाट प्राप्त संविधानलाई केवल कानुनी दस्तावेज नभई जनभावनाको प्रतिनिधि सजीव प्राणी भएको उदाहरणसमेत प्रस्तुत गरे ।

प्रदेश प्रमुख देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरूको संरक्षण संविधानले गरेको उल्लेख गर्दै वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाजको रक्षक भएको बताए । कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले स्वाभिमान, स्वाधीनता, सुशासन, पारदर्शिता, मितव्ययिता र जबाफदेहितालाई अघि राखेर आम जनताले प्रत्यक्ष महसुस गर्ने परिणाममुखी कार्यहरूमा जोड दिन सबै तहका व्यक्तिहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अवरुद्ध