जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

सारांश

  • रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् ।
  • जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो ।
  • चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयतथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ ।

२ असोज, रौतहट ।

रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् ।
जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो ।
चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयतथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ ।

सरकारी कार्यलयका कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए । उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए । यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ । गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ । यस्तै, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख र फतुवा विजयपुर नगरपालिकामा ३० लाखको नोक्सानी भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
मध्यपुर थिमीका नगरवासीले रगत निःशुल्क पाउने
मध्यपुर थिमीका नगरवासीले रगत निःशुल्क पाउने
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम