काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो

सारांश

  •   काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ।
  • प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।
  • काठमाडौँ जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ।

२९ भदौ, काठमाडौं। 

काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए। काठमाडौँ जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ।

भट्टराई यसअघि डीएसपी हुँदा पनि काठमाडौँ परिसरको अपरेसन कमान्डर  थिए। अहिले उनी जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख थिए।  तर, काठमाडौँको सुरक्षा अवस्था बिग्रिएपछि उनलाई काठमाडौँ बोलाइएको हो। यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा पनि एसपीहरु खटिने भएका छन्। एसपीहरू बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई विभिन्न क्षेत्रमा खटाइएको हो।

यसअघि वृत्त अन्तरगत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए। वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँबाहेक सबै वृत्त जलाएका छन्। ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन्। यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सर्लाहीमा चाडपर्व लक्षित संयुक्त गस्ती सञ्चालन
सर्लाहीमा चाडपर्व लक्षित संयुक्त गस्ती सञ्चालन