अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन

सारांश

  •   गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
  • नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनैपनि निर्णय मान्य नहुने बताएका हुन् ।
  • आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरु सबैलाई अस्पतालमा नै रहेको बताउँदै आफूहरुको सहभागिताविना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे ।

२७ भदौ, काठमाडौं । 

गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनैपनि निर्णय मान्य नहुने बताएका हुन् । आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरु सबैलाई अस्पतालमा नै रहेको बताउँदै आफूहरुको सहभागिताविना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे । उनले भने,‘हामी असली योद्धाहरु सबै अस्पतालमा छौं । त्यसैले वार्तामा लगेर हाम्रो माग के हो भन्ने कुरा राख्न पाउनुपर्यो ।

अगाडि बढेर गोली खान तयार हुनेहरु बिना वार्ता गरेर कुनै औचित्य छैन् । मर्न नडराएर गोली थापेर आएका हामी हौं । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’ उनले अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको बताउँदै उनले अहिले रियल जेनजीहरु एक हुन आवश्यक रहेको पनि सुनाए । ‘अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेनजीहरु एक हुन आवश्यक छ । नत्र भने त्यही देशका नेताहरुले देश सखाप पार्ने अवस्था आउने छन् । त्यसको लागि पनि हामी एकदमै सर्तक हुुनुपर्ने आवश्यकता छ,’उनले भने  त्यस्तै अर्का घाइते नारायण श्रेष्ठले संसद विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद विघटन नभएदेखि आफूहरुले अस्पतालबाट निस्केर फेरी आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

‘मलाई पनि रवरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइ खाइ लडेका थियौ । अहिले न्यूज हेर्दा जेनजी भनौदाहरुले संविधान ठिक छ, हामीले गल्ती बोल्यौ भन्दैछन् । उनीहरुलाई जेनजी मान्दैनौ । विद्रोह गर्न तयार छांै । यो संसद विघटन हुनुपर्छ । यो तपाईहरुले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद विघटन हुनैपर्छ । उनले भने,‘उहाँ(सुशीला कार्की) नै आएपनि त्यसमा विमति छैन । तर संसद विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठुलो माग हो । त्यसकै लागि लडेका हौं । यही संविधानलाई मान्नलाई होइन् ।

शान्तीपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरु जुटेका थियौं । पहिलो दिनको आन्दोलनमा सबै जेनजीहरु नै थियौ । तर पुलिसको दमन सुरु भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था विग्रिएको हो ।’ त्यस्तै उनले मंगलबारको आन्दोलनमा सबै जेनजीहरुमात्र सहभागी भएर अन्य पार्टीको संलग्न नभएको बताए । सिंहदरवार जलाउने जेनजीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् । ‘भोलिपटकको आन्दोलनमा जेनजी मात्र थिएनन् । सिंहदरवार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरवार जलाउन आन्दोलन गरेको होइनौं । रवि लामिछने निकाल्न हामीले आन्दोलन गरेका हैनौ । यो हेक्का रहोस् ।’ उनले आफूहरुलेसँग जेनजीहरुले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ