सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु

सारांश

  • नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् ।
  • नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।
  • भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् ।

२६ भदौ, काठमाडौं ।

नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् । भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’

‘भारतीयहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन्’ सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् । उनले भनेकी छन्, ‘भारतीय साथीहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन् ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उनले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन् । विद्यार्थी जीवन सम्झँदै उनले थपिन्, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झिन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो ।

भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’ भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् । उनले न्यूज १८ सँगको एक प्रश्नमा उनले आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताएकी छन् । आफूले सर्वोच्च अदालतमा काम गर्ने बेलामा पनि सामूहिक रुपमा काम गरेको उनले स्मरण गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि
सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व
सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व
बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?
सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन