देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!

विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
६० पटक हेरिएको
Shares
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

सारांश

  • २४ घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरु खुलेका छन् ।
  • विमानस्थल खुले पनि तत्तका नै विदेशी जहाज नेपाल आउने र नेपाली जहाज विदेश उड्ने सेडुल छैन ।
  • आज राति साढे १० बजे थाई एयर भने नेपाल आउने सेडुल रहेको छ ।

२५ भदौ, काठमाडौं ।

२४ घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरु खुलेका छन् । विमानस्थल खुले पनि तत्तका नै विदेशी जहाज नेपाल आउने र नेपाली जहाज विदेश उड्ने सेडुल छैन । आज राति साढे १० बजे थाई एयर भने नेपाल आउने सेडुल रहेको छ । भारतबाट पनि यात्रु बोकेर चाहेको समय जहाज आउन सक्ने छ । आन्तरिक तर्फ विभिन्न विमानस्थालमा रोकिएका जहाज एउटा विमानस्थलबाट अर्को विमानस्थलमा जान पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको थियो । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले विमानस्थल खुले पनि अहिले नै विदेशी जहाज नेपाल आउने सेडुल नरहेको बताए । उनले भने, ‘आन्तरिक तर्फका जहाजहरु कुनै एक विमानस्थलबाट अर्को विमानस्थल जान चाहेमा उड्न पाउने छन् । धेरै आन्तरिक जहाजहरु विभन्न विमानस्थलन नै रोकिएका छन् । ती जहाज एउटा विमानस्थलबाट अर्कोमा जान सक्नेछन् । भने, आज राति साढे १० बजे थाई एयरको जहाज नेपाल आने सेडुल रहेको छ ।

नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा नै छ । यात्रु भएको अवस्थामा त्यो जहाज नेपालबाट विदेश उड्न सक्ने छ । भने, भारतबाट जहाज आउन चाहेमा आउन सक्ने छ ।’ अहिले विदेशी जहाज नेपालमा नरहेको विमानस्थलले बतायो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
आइतबार विदेशी मुद्राको विनिमयदर कति?
आइतबार विदेशी मुद्राको विनिमयदर कति?
बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद