मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
२५ भदौ, काठमाडौं ।
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।
मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो। मृत्यु हुने दुवै जनालाई पेटमा गोली लागेको थियो। बयोधा अस्पतालमा हाल ९ जना घाइतेको उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment