कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा

सारांश

  • कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले अर्का व्यक्तिको पनि निधन भएको छ ।
  • उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको हो।
  • हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो ।

२५ भदौ, काठमाडौं।

कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले अर्का व्यक्तिको पनि निधन भएको छ । उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको हो। हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । तत्कालै बयोदा अस्पताल पुर्‍याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए ।

उनको निधनले केवल एउटा शरीरलाई मात्रै थामेन, एउटा परिवारको भविष्य नै लुटेको छ । घरमा ८ वर्षीया छोरी बाबाको प्रतिक्षामा छिन् । उनले बाबा कहिले आउने भनेर सोधिरहेकी छन् । उनको प्रश्नको जवाफ कसैले दिन सक्ने अवस्था छैन । आमाले छोरीलाई अँगालो हालेर रोइरहेकी छन्, तर आफैं अर्धचेत अवस्थामा छिन् । ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छोरा गुमाएको पीडामा एकछिन पनि होसमा बस्न सकेका छैनन् । सुवेदी सडक विभागमा सुरक्षा गार्डको काम गर्थे । दिनरात पसिना बगाएर परिवार पालिरहेका उनी ‘देश बर्बाद हुँदैछ, केही बोल्नुपर्छ’ भन्दै आन्दोलनमा उत्रिएका थिए । तर, आवाज उठाउने उनको आँटले आज उनको प्राण लियो । ‘घरमा ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छन् । छोरी र श्रीमती अचेत अवस्थामा छन् । लक्का जवान ढलेपछि सबै जना विक्षिप्त अवस्थामा छौैं,’ बास्तोलाले भने ।

देश बिग्रिसक्यो, हामी युवा मिलेर नै बनाउनुपर्छ भनेर प्रदर्शनमा होमिएका सुवेदी प्रहरीको गोली लागेर सधैका लागि अस्ताउन पुगे । हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै ३ जना घाइते भएका थिए । ति मध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । सुवेदीले आज बिहान ज्यान गुमाएका हुन् । सुवेदीको निधनसँगै मृतकको संख्या तीन पुगेको छ । सडकमा भइसकेको घटनाले थप आमा–बुबा, श्रीमती र छोराछोरीलाई डराएको छ–‘अर्को मृत्यु कतै हाम्रो घरमा त हुँदैन ?’ अन्य दुई जनामध्ये अर्जुनको अस्पताल पुर्‍याउँदा नै डाक्टरले मृत घोषणा गरेका थिए । भने दिपकलाई थप उपचारका लागि वीर अस्पताल पठाईएको थियो । उनको त्यही निधन भएको हो । हिजोको जेनजी आन्दोलनका क्रममा कालिमाटी क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले कालिमाटी प्रहरी वृत्तमा आगजानी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा विभिन्न व्यक्तिहरू घाइते भएको थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
त्रिविको जग्गा खाने कसैलाई छाडिँदैन : प्रधानमन्त्री ओली
त्रिविको जग्गा खाने कसैलाई छाडिँदैन : प्रधानमन्त्री ओली
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव