पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु

सारांश

  • गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् ।
  • मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए ।
  • पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

२५ भदौ, गाजा ।

गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?