जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

सारांश

  • आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् ।
  • देश अब जेनजीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति जोगाउनुपर्ने बताएका छन् ।
  • अपिलको पूर्णपाठ यस्तो छ: आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

२४ भदौ, काठमाडौं।

आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् । देश अब जेनजीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति जोगाउनुपर्ने बताएका छन् । अपिलको पूर्णपाठ यस्तो छ: आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ ।

यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो ।

यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल