रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
७३ पटक हेरिएको
Shares
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
  • राजीनामा दिने सांसदहरूको सूचीमा दलका नेता रवि लामिछाने, सांसदहरू डोल प्रसाद अर्याल, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, निशा डाँगी, सुमना श्रेष्ठ, सोबिता गौतम, डा.
  • तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, प्राडा.

२३ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सांसदहरूको सूचीमा दलका नेता रवि लामिछाने, सांसदहरू डोल प्रसाद अर्याल, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, निशा डाँगी, सुमना श्रेष्ठ, सोबिता गौतम, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, प्राडा. चन्दा कार्की (भण्डारी) लगायत २० जना सांसदको नाम समावेश छ ।

रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा राजीनामाको निर्णयमा संसदीय दल एकमत भएको उल्लेख गरिएको छ । रास्वपा संसदीय दलको तर्फबाट मंगलबार जारी विज्ञप्तिमा सोमबार जेन–जी पुस्ताद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनमा सरकारले ‘बर्बर दमन’ गरेको उल्लेख छ । यस घटनाप्रति रास्वपाले घोर भर्त्सना गर्दै तत्काल राजनीतिक समाधानको माग अघि सारेको छ । रास्वपाले विज्ञप्तिमा भनेको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौंः आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’

पार्टीले प्रधानमन्त्रीको तत्काल राजीनामा दिनुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिएर दोषीमाथि कारबाही, संविधान संशोधन प्रक्रिया शुरू र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने माग राखेको छ ।  रास्वपाले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठन गर्न प्रस्ताव गर्दछौं ।’ साथै, आन्दोलनका क्रममा मारिएका जेन–जी पुस्ताका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले