जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
२४ भदौ, काठमाडौं ।
जेनजी आन्दोलन चर्किएसँगै सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेका थिए । सो क्रममा १९ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment