Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपाले गर्‍यो अर्ली चुनावको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
रास्वपाले गर्‍यो अर्ली चुनावको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ।
  • वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ।
  • जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भएको निष्कर्ष निकालेको छ।

२३ भदौ, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ। वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ। जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भएको निष्कर्ष निकालेको छ। रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि माग गरेको छ।

कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षसहित ताजा जनादेश जानुपर्ने माग रास्वपाले गरेको छ। ‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ ।

विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार
अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो