Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

सारांश

  • जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।
  • गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो ।
  • प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् ।

२३ भदौ, पोखरा ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन रोकिएको छैन । सामाजिक सञ्जाल बन्द र देशमा विद्यमान भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन अनियन्त्रित बन्दै गएको छ ।

प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा सक्रिय जेन–जी युवाहरू काठमाडौंसहित पोखरा, चितवन, झापा, मोरङ लगायतका जिल्लामा सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा सोमबार ४ बजेसम्म प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि
सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा मागियो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा मागियो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी