२६ जेष्ठ २०८२, आईतवार

बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 

अमरेश कुमार पाण्डेय

२७ मंसिर, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएको प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नगरप्रमुख किशोरीप्रसाद कलवारले हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिहरुले रोक्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्र चढेको बा.२झ ४३५४ नम्बरको सरकारी गाडी तोडफोड गर्न थालेपछि प्रहरी र आन्दोलित कर्मचारी र जनप्रतिनिधिबीच झडप सुरु भएको हो । झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जनाएका छन् । प्रहरीको गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0