२६ भाद्र २०८२, बिहीबार

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

२२ भदौ, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना  गरिएको थियो ।

तर आइतबार बिहानसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको अध्यक्ष थिङले बताए । गर्भवती महिलाको स्वास्थ्य अवस्था बिग्रँदै गएका कारण हेलिकप्टरबाट उनको उद्धार गरी काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको उनको भनाइ छ । भर्ना भएको १८ घण्टा बित्दा समेत सुत्केरी हुन नसकेपछि उनलाई काठमाडौं पठाइएको तालढुंगा स्वास्थ्य चौकीकी अनमी रञ्जु कोइरालाले जानकारी दिइन् । डाँडापारी क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले वर्षातको कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको अध्यक्ष थिङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment