एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल

सारांश

  • ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा ९ समूह बनाएर प्रतिवेदनमा छलफल थालिएको छ।
  •   यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा मात्र बनाएर केही बेरअघि छलफल सुरु गरिएको हो।
  • विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए।

२१ भदौ, काठमाडौं ।

ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा ९ समूह बनाएर प्रतिवेदनमा छलफल थालिएको छ।  यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा मात्र बनाएर केही बेरअघि छलफल सुरु गरिएको हो। विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए।

साथै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सचिवालय बैठकमा दर्ता गराएका फरक मत पनि समूह छलफलमा पेस गर्ने यसअघि नै निर्णय भइसकेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ आयोजित एमाले विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक सदस्य गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। एमालेले विधान महाधिवेशन आइतबारसम्ममा सक्ने तयारी गरेको छ।

पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि यो विधान महाधिवेशनमा सहभागी हुन प्रयासमा थिइन्। तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नै रद्द गरेपछि सहभागी हुन पाइनन्। जसका कारण भण्डारीपक्षधर रुष्ट छ। उनीपक्षीय नेताले जारी विधान महाधिवेशनमा आफ्ना फरक मत पनि पेस गर्दै छन्।  पार्टीको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन वञ्चित गरिएपछि भण्डारीले प्रतिनिधिहरूलाई आफ्नो चिठी बाँडेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत