विदेश पठाउन ‘फर्जी कागजात’ बनाएको आरोपमा ६ वटा ट्राभल्सका सञ्चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
विदेश पठाउन ‘फर्जी कागजात’ बनाएको आरोपमा ६ वटा ट्राभल्सका सञ्चालक पक्राउ

सारांश

  • फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।
  • पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोज कुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका राम प्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्त बहादुर थापा छन् ।

२६ मंसिर, काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो । पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोज कुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका राम प्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्त बहादुर थापा छन् ।

एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । सो प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य