स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने

सारांश

  •   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।
  • शुक्रबार काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
  • संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

२० भदौ, काठमाडौं । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने स्पष्ट पारिन्। उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गरिन्।

स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको स्पष्ट पारिन्। उनले भनिन्, ‘जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो। त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ। र संविधानले दिन खोजेको अधिकार पनि त्यही हो।’ सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुनेभन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित
उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज
नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक