१५ चैत्र २०८२, आईतवार

पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

१२ भदौ, काठमाडौं ।

पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो । समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक छन् ।

Previous post

सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो

Next post

अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

Post Comment

छुटाउनुभयो कि ?