सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
६४ पटक हेरिएको
Shares
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ

सारांश

  • रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् ।
  • प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती सन्दिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् ।
  • ‘सोधपुछका क्रममा एक जनालाई नियन्त्रणमा लिएका छौं ।

९ भदौ, रौतहट।

रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती सन्दिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् । ‘सोधपुछका क्रममा एक जनालाई नियन्त्रणमा लिएका छौं । हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेका छन् । थप बुझ्ने र भेरिफाई गर्ने काम हुँदैछ’ एक जना अनुसन्धान अधिकृतले भने ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् । साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् । राति १० बजेतिर नै शंकास्पद अवस्थामा सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?