वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

सारांश

  • गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
  • आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
  • ‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’, बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।

८ भदौ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’, बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए । साथै बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको प्रवक्ता काफ्लेले बताए । ‘विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै