टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा

सारांश

  • अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ ।
  • डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
  • नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ ।

६ भदौ, काठमाडौं ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो । पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।

नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । पाकिस्तानले सेमिफाइनल खेल्ने प्रवल सम्भावना रहँदा नेपाललाई भने जित आवश्यक रहनेछ र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ । नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की