सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २१, २०८०
|
|
५३ पटक हेरिएको
Shares
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

सारांश

  • संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।
  • मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।
  • उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ ।

२१ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।

मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?