गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ। गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो। बैठक आज बेलुका ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने मोर्चाका नेता केशव झाले बताए। उनका अनुसार गौर हत्याकाण्डसहित रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक विषयमा छलफल हुने बताए। गौर हत्याकाण्डको छानबिन गर्नको लागि अदालतले अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा तरंग ल्याएको छ। मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको मुख्य योजनाकारको रूपमा मानिन्छन्।
यस्तै मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। आन्तरिक विवादमा फसेपछि नाउपाले उपनिर्वाचनमा भाग लिन नै अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे पनि छलफल हुनेछ। बैठकमा उपसभामुखलाई हटाउन कांग्रेस-एमालेले अघि सारेको तयारीबारे पनि छलफल हुने बताइन्छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्याउनको लागि मोर्चामा आबद्ध दलहरू नै निर्णायक छन्।
Post Comment