मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको तुईन पुल नजिकै आज बिहान गएको पहिरोका कारण सडक करिब चार घण्टा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ४ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। घटनापछि डिभिजनले तत्काल दुईवटा मेकानिकल उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरेको थियो।
लगातार प्रयासपछि बिहान ८:१० बजेबाट सडक सञ्चालनमा आएको डिभिजनले जनाएको छ। डिभिजनका अधिकारीहरूका अनुसार वर्षायाममा सो क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment