२६ भाद्र २०८२, बिहीबार

रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री

२८ साउन, काठमाडौं ।

 गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीलाई पाउने सुविधाबाट बञ्चित नगरिएको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको बताएका हुन्। लामिछानेलाई अस्वस्थकर वातावरणमा रुपन्देही कारागारमा राखिएको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्री लेखकले यो दाबी गरेका हुन्।

लामिछानेलाई छुटै कोठामा राखिएको र कारागार प्रशासनले बेलाबेला चासो दिने गरेको पनि उनले बताए। माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ। मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन,’ गृहमन्त्री लेखकले भने। लामिछानेलाई विशेष सुविधा नदिइएको तर न्यूनतम सुविधाबाट बञ्चित नगरिएको पनि उनले बताए। त्यस्तै, रवि लामिछानेलाई कारागार सार्ने काम पनि अघि बढाइरहेको दाबी पनि लेखकले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment