अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने

सारांश

  • सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका लागि सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई थप कडा बनाउने भएको छ ।
  • अबदेखि नयाँ नियुक्ति पाउने राष्ट्रसेवकले नियुक्ति पत्र लिनुअघि नै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो ।

२८ साउन, काठमाडौँ ।

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका लागि सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई थप कडा बनाउने भएको छ । अबदेखि नयाँ नियुक्ति पाउने राष्ट्रसेवकले नियुक्ति पत्र लिनुअघि नै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीको सङ्ख्या बढेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनपछि अख्तियारले यस्तो कदम चालेको मन्त्रालयले जनाएको छ ।सङ्घीय मामिला मन्त्रालयले साउन २६ गते सबै गाउँपालिका, नगरपालिका र राष्ट्रिय किताबखाना (निजामती) लाई परिपत्र गर्दै अख्तियारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । अख्तियारले असर १० मा प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमा सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न नीतिगत सुझावहरू दिएको थियो । जसमा  सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्वबारे पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नयाँ नियुक्ति हुने राष्ट्रसेवकलाई सम्पत्ति विवरणको फाराम भरेपछि मात्र नियुक्ति पत्र दिने लगायत रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक
संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा