सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र

सारांश

  • राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेकेदार कम्पनीको लापरबाहीका कारण ठप्प अवस्थामा पुगेको छ।
  • भारतीय पटेल इन्जिनियरिङ र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरले जिम्मेवारीअनुसार बाँध र पावरहाउस निर्माणको काम अघि बढाउन नसक्दा आयोजनाको प्रगति अत्यन्त न्यून रहेको ऊर्जा मन्त्रालयले जनाएको छ।
  • सुरुङ निर्माण निर्धारित समयभन्दा १८ महिना अघि सम्पन्न भए पनि आयोजनाको मुटु मानिने बाँध निर्माणको काम एक वर्षदेखि रोकिएको छ।

२८ साउन, काठमाडौं ।

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेकेदार कम्पनीको लापरबाहीका कारण ठप्प अवस्थामा पुगेको छ। भारतीय पटेल इन्जिनियरिङ र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरले जिम्मेवारीअनुसार बाँध र पावरहाउस निर्माणको काम अघि बढाउन नसक्दा आयोजनाको प्रगति अत्यन्त न्यून रहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

सुरुङ निर्माण निर्धारित समयभन्दा १८ महिना अघि सम्पन्न भए पनि आयोजनाको मुटु मानिने बाँध निर्माणको काम एक वर्षदेखि रोकिएको छ। हाल समग्र भौतिक प्रगति ३६.८३ प्रतिशतमा सीमित छ भने बाँकी ९९ प्रतिशत काम २६ महिनाभित्र सक्न असम्भव देखिएको छ। मन्त्रालयले ठेकेदारलाई चेतावनीसहित वैकल्पिक ठेकेदारमार्फत काम गराउने तयारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ