पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

सारांश

  • महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
  • काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
  • विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ ।

१९ मंसिर, काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो । विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ । ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’

सरकारसँग गरिएको ३ बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको विज्ञप्तिमा स्मरण गरिएको छ । राज्यसँग भएका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधानमा गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानुनी कदम चालेको भन्दै विज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आशंका गरिएको छ । पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
सिमलताल पहिरो :  १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
सिमलताल पहिरो : १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध