२२ श्रावण २०८२, बुधबार

यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह

१५ साउन, काठमाडौं । 

हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही तराई भू(भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ । बिहीबार दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

त्यसैगरी ओखलढुङ्गा रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?