बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
३० पटक हेरिएको
Shares
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

सारांश

  • मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
  • जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
  • अहिराजमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।

१४ साउन, काठमाडौं ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अहिराजमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । उनी ४ साउनमा पक्राउ परेका थिए । प्रहरीको नौ दिन लामो अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

पीडित महिलाका अनुसार ४ जेठ २०८१मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आएर अहिराजले बलात्कार गरेका थिए ।एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । कोठामा आएका झाले पानी दिएलगत्तै ढोकाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार गरेको युवतीको बयान छ ।

‘मैले किन चुकुल लगाउनुभएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु भन्दै मेरो अस्मिता लुटियो’, युवतीले बयान दिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?
सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?