१५ चैत्र २०८२, आईतवार

१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ

१४ साउन, काठमाडौँ ।

१२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्। रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बसोबास गर्दै आएका ४२ वर्षीय उप्रेतीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

भीम बहादुर कार्की लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) सम्बन्धी मुद्दामा उप्रेती फरार रहेका थिए । उनलाई साउन १३ गते दिउँसो करिब ४ बजे दधिकोटस्थित घरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयले बुधबार जनाएको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?