भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

सारांश

  • जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ ।
  • जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ ।
  • मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

१३ साउन, जाजरकोट  ।

जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ । मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

‘‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’’ सूचनामा भनिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांक अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईवस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ । जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको अधिकारी मंग्रातीले बताउनुभयो ।

भेरी नदीको आसपासमा रहेका बस्तीहरू र भेरी करिडोर क्षेत्रमा प्रहरी मार्फत सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न समेत अनुरोध गरेको छ ।  साथै, उद्धार तथा राहतका लागि आवश्यक तयारीहरू मिलाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताउनुभयो । नदी आसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्हतीहरूमा सतर्कता बढाइएको उहाँको भनाइ छ । अवस्था थप जटिल भएमा सूचना प्रणालीमार्फत थप जानकारी दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?