ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
१२ साउन, काठमाडौं ।
अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ बाट राप्रपाका सांसद ज्ञानेन्द्र शाही सम्मानित भएका छन्। सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले यो अवार्डको श्रेय आफ्ना क्षेत्रका जनताप्रति समर्पित गरेका छन्।
अवार्ड ग्रहण गरेपछि शाहीले भने, “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।”उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमका आयोजक समितिको प्रशंसा गर्दै शाहीले भने, “
आयोजक समितिले यस कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो।” यस महत्वपूर्ण र प्रेरणादायी कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समिति “हामी ग्लोबल नेपाली” लाई ज्ञानेन्द्र शाहीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
Post Comment